विद्यालयसंग सम्बन्धित थप विवरण विद्यालयमा शैक्षिक, साँस्कृतिक, खेलकुद र सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दा विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुन्छ। यसले उनीहरूको सीप, आत्मविश्वास, नेतृत्वदक्षता र सामाजिक उत्तरदायित्व बढाउँछ।
शैक्षिक गतिबिधि :
वक्तृत्वकला (Speech Competition) – विद्यार्थीहरूको प्रस्तुतीकरण तथा बोल्ने क्षमता वृद्धि गर्न।
वाचन कार्यक्रम (Reading Program) – विद्यार्थीलाई पढ्ने बानी बसाल्न पुस्तकालयमा नियमित वाचन कार्यक्रम।
निबन्ध, कविता तथा लेखन प्रतियोगिता – विद्यार्थीहरूलाई सिर्जनात्मक लेखनमा प्रोत्साहित गर्न।
नाटक तथा नाट्यकला (Drama and Theatre) – विद्यार्थीहरूलाई अभिव्यक्तिमा सशक्त बनाउन।
हाजिरी जवाफ प्रतियोगिता (Quiz Competition) – ज्ञानवृद्धि तथा प्रतिस्पर्धात्मक क्षमताको विकासका लागि।
वृक्षरोपण तथा वातावरण संरक्षण कार्यक्रम – वातावरणप्रति सचेतना जगाउन
विज्ञान प्रदर्शनी (Science Exhibition) – प्रयोगात्मक सिकाइ प्रवर्द्धन गर्न।
पाठयक्रम : नेपाल सरकारले लागु गरेको राष्ट्रिय पाठ्यक्रमका साथै स्थानीय पाठ्यक्रम (Local Curriculum) विद्यालय स्तरमा स्थानीय संस्कृति, भाषा, परम्परा, भौगोलिक अवस्था, समाज, अर्थतन्त्र जीवनशैलीअनुसार तयार गरिने पाठ्यक्रम हो। यसले विद्यार्थीलाई उनीहरूकै समुदायसँग सम्बन्धित शिक्षा प्रदान गर्ने लक्ष्य राख्छ।