विद्यालयको एक प्रमुख काम नै सिकाई हो। तर, कस्तो विद्यालय? कस्तो शिक्षण? कसरी शिक्षण सिकाई गर्ने? गुणस्तरीय शिक्षा कस्तो? कसरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने? यी प्रश्नहरूको उत्तर खोज्दै विद्यालय सुधार्नुपर्छ।
यदि विद्यालय सुध्रिए बालबालिका सुध्रन्छन्, बालबालिका सुध्रिए घर, समाज र देश सुध्रिन्छ।आजको आधुनिक प्रविधिको युगमा कुनै पनि शैक्षिक संस्थाको पहिचान, संचार, र व्यवस्थापनका लागि वेबसाइट अनिवार्य भइसकेको छ। विद्यालयको वेबसाइटले विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायलाई सूचना आदान-प्रदान गर्न सहज बनाउँछ।विद्यालयको गतिविधि, कक्षा तालिका, परीक्षा समय, सूचना तथा अन्य महत्वपूर्ण जानकारी वेबसाइटमार्फत सजिलै
उपलब्ध गराउन सकिन्छ। यसले विद्यार्थी र अभिभावकलाई विद्यालयसँग अपडेट रहन मद्दत गर्छ। अभिभावकहरूले आफ्ना छोराछोरीको प्रगति विवरण, गृहकार्य तथा विद्यालयका गतिविधिहरू वेबसाइटमार्फत हेर्न सक्छन्। यसले विद्यालय र अभिभावकबीचको सहकार्यलाई सुदृढ बनाउँछ। विद्यालयको वेबसाइट आधुनिक शैक्षिक व्यवस्थापनको अभिन्न हिस्सा हो। यसले विद्यालय, विद्यार्थी, शिक्षक, र अभिभावकलाई जोड्ने महत्वपूर्ण साधन को रूपमा कार्य गर्छ। यो महत्वपूर्ण कार्यमा योगदान पुर्याउने सम्पूर्ण सहयोगीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।